दफा ५२
रेल दुर्घटनाको सूचना दिनु पर्ने
(१) रेल सञ्चालनको सिलसिलामा ८दुर्घटना भई कसैको मृत्यु भएमा, चोटपटक लागेमा, कुनै सम्पत्तिको क्षति भएमा वा रेल क्षतिग्रस्त भएमा रेल्वे कर्मचारीले त्यस्तो दुर्घटना भएको स्थानबाट सबैभन्दा नजिकको स्टेशन प्रमुख तथा रेल्वे सुरक्षा कार्यालयमा र स्टेशन प्रमुख तथा रेल्वे सुरक्षा कार्यालयले रेल्वे प्रशासक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा वा नजिकको प्रहरी कार्यालयमा तुरुन्तै सूचना दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम सूचना प्राप्त भएपछि रेल्वे प्रशासक तथा जिल्ला प्रशासन कार्यालयले सो दुर्घटनाको बारेमा तुरुन्त मन्त्रालयलाई सूचना दिनु पर्नेछ।